सावित्री : केकी अधिकारीको हेर्नै पर्ने चलचित्र (भिडियोसहित)
नायिका केकी अधिकारीको अभिनय मन पराउनेले सावित्री नहेर्दा धेरै कुरा छुट्छ । केकीको अभिनयसँगै छोटो चलचित्र सावित्री अन्य दृष्टिकोणले पनि राम्रो बनेको छ । कथाकार भवानी भिक्षुको कथा ‘द टाइपिस्ट’ मा आधारित सावित्रीले मध्यमवर्गीय परिवारको परिवेशलाई जस्ताको तस्तै प्रस्तुत गरेको छ । सावित्रीको मनोदशा मार्फत निर्देशक सुजित बिडारी मनोबैज्ञानिक कथानक प्रस्तुत गर्न सफल भएका छन् ।
सावित्रीमा केकीसँगै, मञ्जु देवकोटा, दिपेश भण्डारी, राज शर्मालगायत कलाकारको अभिनय रहेको छ । सुमन निधि शर्माले खिचेको चलचित्र सावित्री दृश्य र ध्वनी संयोजनको हिसाबले पनि राम्रो बनेको छ । तीन वर्ष अघिको एकादेशमा फिल्म फेस्टिवलमा उत्कृष्ट चलचित्रको पुरस्कार पाएको सावित्री अहिले यु ट्युवमार्फत सार्वजनिक गरिएको छ ।



