खाँदबारीले यसरी बिदा गर्यो गायक खेमराज गुरुङलाई..
.
गायक खेमराज गुरूङको शव उनको जन्मस्थान खाँदबारीबाट हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ।गुरुङको शवलाई खाँदबारी बजारस्थित टुँडिखेलमा श्रद्दाञ्जली कार्यक्रम समापनपछि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँ राखिएको थियो।आइतबार अपरान्ह उनको अन्तिम संस्कार गरिने जनाइएको छ। वारि जमुना, पारि जमुना गीतबाट चर्चित बनेका गायक गुरुङको बिहीबार चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
भिडियो गायिका मिना राईको फेसबुकबाट साभार



