दमकमा, निर्माणधिन आकाशेपुल अन्तिम चरणमा
दमक | झापाको दमकमा निमार्र्णाधिन आकाशेपुलको निर्माणकार्य अन्तिम चरण पुगेको छ ।
पुर्वप्रधानमन्त्री एबम् नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले गएको पुष १७ गते शिल्यान्यास गरेको सो पुल बिजया दशमी अगावै निर्मााण कार्य सम्पन्न गर्न लागेको हो । यो पुल राजधानी काठमाण्डौ वाहिर पहिलो हो ।
एक करोड बढिको लागतमा निर्माण शुरुभएको उक्त पुलको निर्माणकार्य अन्तिमचरणमा पुगेको दमक नगरपालिकाले जनाएको छ । दमक नगरको गणतन्त्र चोक पश्चिमा निर्माण भैरहेको पुलको प्रविण निर्माण सेवाले निर्माण गरिरहेको छ ।
२०७२ चैत्र मसान्तभित्र निर्माण सम्पन्न गरिसक्ने गरि ठेक्का मौझौता भएको भएपनि बन्द हडताल तथा नाकाबन्दीजस्ता कारणले निर्माणकार्य ढिलोहुन गएको निर्माण कम्पनीले जनाएको छ ।
१७ फुट ्उचाई अढाई मिटर चौडाई र २५ मिटर लम्बाईमा पुलको निर्माण भैरहेको दमक नगरपालिकाका अधिकृत युवराज दाहाले जानकारी दिए ।
उक्तपुल निर्माणका लागि निर्वाचन पूर्वाधार क्षेत्र बिकास कोष र सांसद विकास कोषबाट खर्च हुने र अपुग थप रकम दमक नगरपालिकाले लगानी गर्ने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए ।
उपत्यका बाहिरको मुख्यराजमार्गमा पहिलो पटक दमकमा एक साथ २ करोड ४ लाखको लागतमा दुईवटा पुलको निर्माणका लागि ठक्का संझौता भएको थियो । उक्त आकासे पुलको गत पुस १७ गते पुर्वप्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्नुभएको थियो ।
पुल निर्माण सम्पन्न भएपछि दमकको टाफिक व्यावस्थापनमा सहजहुने आशा नगरपालिकाले लिएको छ । रासस



