गायिका कला राई संगको कुराकानी
पान्धारे चौकी माया पो नलाइ बा मरिन्छ कि गाउदै दर्शक लाई उफ्री उफ्री नचाउदै नाच्ने गायिका हुन कला राई । राई युवा पुस्ताका चर्चित गायिका हुन।२०५७ सालमा आयोजित अधिराज्यब्यापी लोकगित प्रतियोगितामा प्रथम र २०६२ सालमा आयोजित आधुनिक गित प्रतियोगितामा दोश्रो भैइ साङितिक आकाश मा छाएकी हुन।
भोजपुर जिल्लामा पिता जेबि राई र माता मल्लश्री राई कि छोरी कला राई आफ्नो जिल्ला मा मात्र नभैइ नेपाली साङितिक आकाश को नक्षेत्रमा उदाएकी एक प्रतिभावान चम्किली तारा हुन।चन्चले स्वभाबकी राई अरु गायक गायिका भन्दा केही पृथक र फरक गित सङ्गीत को मस्तिमा दुनिया भुलाउन चाहान्छिन।बिध्यार्थी जीवन देखि नै गितसङित लाई माया गर्ने कला बाटो मा हिडदा पनि गित गुनगुनाउने गर्थिन ।सङित लाई हरपल सुखदुख को साथी बनाउदै आएकी गायिका राईले दर्जनौ गित हामी माझ ल्याइसकेकी छिन। उन्को एल्बम कलामा समाहित गित बाडुल्की लाग्छ ले एल्बम बजार मा न आउदै निक्कै चर्चित भएको थियो। प्रस्तुत छ उनै गायिकासंग मनोरंजन नेपालले गरेको भलाकुसारी



