खाडी मुलक र मलेसियास्थित नेपाली नियोगमा राहदानी शुल्क घटयो

नेपाल सरकारले खाडी मुलक र मलेसियास्थित नेपाली नियोगबाट राहदानीको लागि लाग्ने आवेदन शुल्क घटाएको छ।

आज बसेको मन्त्रीपरिषदको बैठकले खाडी मुलक र मलेसियाका नियोगबाट पासपोर्ट लिन लाग्ने शुल्क ८० अमेरिकी डलरबाट ५० डलरमा झार्ने निर्णय गरेको हो।

प्रवासी नेपाली कामदारहरुलाई राहत हुने पराराष्ट्र मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदले उक्त निर्णय आज पारित गरको छ ।

मलेसियासहित खाडीका मुलुकहरुमा अधिकांस नेपालीहरु बैदेशिक रोजगारीको लागि जानेगर्छन् । राहदानी शुल्क चर्को भएको भन्दै कामदारहरुले गुनासो गर्दै आएका थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |