मन्त्री सन्दीप कुमारको सेक्स भिडियो सार्वजनिक

दिल्ली | दिल्ली सरकारका मन्त्री सन्दीप कुमारको सेक्स टेप सार्वजनिक भएपछि उनले मन्त्री पदबाट हात धुनुपरेको छ । उनी दिल्लीका क्याबिनेट मन्त्री हुन् । टेप सार्वजनिक भएपछि त्यहाँका मुखयमन्त्री अरविन्द केजरीवालले उनलाई मन्त्रीबाट हटाइदिएका हुन् । मुख्यमन्त्री केजरीवालले ट्वीट गर्दै एक सिडी आफूसम्म आइपुगेको बताएका छन् ।

खबरमा जनाइएअनुसार उक्त सीडीमा सन्दीप कुमार दुई महिलासँग आपत्तिजनक अस्वथामा देखिएका छन् ।सिडी पाएको आधा घन्टामा नै सन्दीपकुमारलाई मन्त्रीबाट हटाउने निर्णय भएको उपमुख्यमन्त्री मनीष सिसोदियाले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिसोदियाले यस्तो प्रतिक्रिया दिएका छन् । आम आदमी पार्टी नैतिकवादहरुको पार्टी हो र भ्रष्टाचार, कुनै पनि अपाराध वा चरित्रमा दाग लागेको पार्टीलाई स्वीकार्य छैन । यसअघि पनि घुस लिएको खबर आएपछि आम आदमी पार्टीको सरकारले एक मन्त्रीलाई हटाएको थियो । सन्दीपकुमारले गत महिना दिल्लीबाट भिखारीहरुलाई हटाउने योजना बनाएका थिए । जसको आलोचना भएपछि मुख्यमन्त्री केजरीवालले हस्तक्षेप गरेर योजना फिर्ता गराएका थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |