प्रतिभा परिवारमा नयाँ प्रयोग

काठमाडौ । एउटा गीत पूरा गर्न रचना, संगीत र गायनको महत्वपूर्ण योगदान हुन्छ । अन्य रेकर्डिष्ट, कोरस, बाजागाजा त पर्दा पछाडि काम गर्नेको रुपमा लिइएको छ । त्यसैले गीतको लागि रचना, संगीत र गायनलाई प्रमुख मानिएको छ । एकै व्यक्तिले तीनै काम गर्न पनि सक्छन् । तर बढिचाहीँ रचना गर्ने फरक पेशा, संगीत भर्ने फरक पेशा र गायन अर्कै पेशाको रुपमा लिइएको छ ।

एउटा गीत दुईजनाले गाउन सक्छन्, या दुईजनाले संगीत गर्न सक्छन् । यस्ता उदाहरण धेरै छन् । बलिउडका चलचित्रका संगीतकारहरु दुईजना, नेपाली चलचित्रकै संगीतकार दुईजना र कुनै एउटै गीतका संगीतकार दुईजना भएका गीतहरु छन् । तर रचनाचाही दुईजनाले गरेको भने प्रायः सुनिँदैन ।

फलाना गायकको एल्बम भनेपनि त्यहाँ धेरैको सिर्जना हुन्छ । रचनाका पुस्तकहरु पनि दुईजना या धेरै जनाको संयुक्त रचना हुन्छन् । ‘आकाश विभाजित छ’ धेरैजना लेखेको उपन्यास हो । त्यस्तै संयुक्त कविता सङ्ग्रह, संयुक्त गजल सङ्ग्रह पुस्तकका बाढी नै छन् । ति पुस्तकहरु संयुक्त भए पनि भित्र रचना भने फाल्टाफाल्टो नै हुन्छन् । गजलमा भने एकसेर एकजनाले, अको सेर अर्कोजनाले लेखेको पाइएको छ ।

पछिल्लोसमयमा साहित्यमा जुहारी चलेकोलाई पनि पुस्तकमा स्थान दिन थालिएको छ । तर त्यसमा पनि फलानाको रचनाको अंश यहि हो भन्ने चाही स्पष्ट नै हुन्छ । रचनाको अंश स्पष्ट नभएको संयुक्त रचना उती पाइँदैन । झनै गीतमा हुनु त अलि परको कुरा हो ।यद्यपी दुईजनाको रचना हुँदै नभएको भने होइन । चर्चित साहित्यकार तथा गीतकार वर्नी टुपिन र विख्यात गायक तथा रचनाकार एल्टन जोनले सन् १९६७ देखि नै संयुक्त गीत रचना गर्दै आएको देखिन्छ । उनीहरुले ५० भन्दा बढि संयुक्त गीत रचना गरेका छन् । ति गीतहरु आधिकांश चर्चित नै छन् ।

यो प्रयोग नेपाली गीतमा अहिले प्रतिभा परिवारको प्रस्तुती मा आउन लागेको प्रतिभा एल्बम भाग १ को लागि दुईजना सर्जकले गरेका छन् । बेलायत निवासी जानु काम्बाङ लिङ्देन र नेपालमा रहेका राजा मावोले शुरु गरेका हुन। दुवैजना फरकफरक देशमा भएपनि सामाजिक सञ्जालको माध्यमबाट गीत रचना गरेका हुन् भने यो गित लाई राज रोबट अजनबिले सङ्गीत गर्दै छन!

के हो प्रतिभा समूह ?

प्रवासमा रहेका सर्जकहरु सामाजिक सञ्जालमार्फत स्थापना गरेको समुह हो –प्रतिभा समूह । प्रतिभा समुह ख्याल ख्यालमै स्थापित भएको यसका सञ्चालक राजरोवर्ट अजनबीले बताएका छन् । ग्रुपमा राजा माबो, देबिन राई नुमा राई, सलोनी लिम्बू, इक्साहाङ चेम्जोङ र दिलिप सगर राईहरुको उत्साहजनक उपस्थितिले समूह स्थापना भएको केही हप्तामै एल्बम निकाल्ने, र साङ्गितिक प्रोग्राम गर्ने निर्णय भएको हो । पछि सन्जय राई छुच्चाको समुहमा आगमनपछि एल्बम सिर्फ एउटा मात्र नभई क्रमशः भाग गर्दै लैजाने र देश बिदेशसम्म सांगीतिक प्रस्तुति दिने सङ्कल्प गरिएको छ ।विधान मस्यौदा समितिले काम गर्दैछ, प्रतिभा एल्बम भाग १ को लागि प्रायः सबै गीतहरु कम्पोजको लागि शब्दहरु संगीतकारहरुमाझ पुगिसके, देबिनबाबू राईले ३, सुमन राईले २ र राजरोवर्ट अजनबी २ गीत सङ्गीत गरिरहेका छन् ।

प्रतिभा साङ्गितिक परिवारमा राज रोबट अजनबी गीत÷सङ्गीत, अन्जना राई गायिका, कृष्ण श्री गायक, सन्जय राई छुच्चा गीतकार, देबिनबाबू राई गीत÷सङ्गीत, सलोनी लिम्बू गायिका, सरोज लिम्बू गायक, दिलिप राई सगर गीतकार, सलिना तामाङ गायिका, राजा माबो गीतकार, तिर्थ चाम्लिङ राई गायक, नुमा राई गायिका, इक्साहाङ चेम्जोङ गीतरसङ्गीत, सुमन राई गायक÷सङ्गीत, इनुशा चेम्जोङ गायिका छन् । त्यसैगरी जानू काम्बाङ लिङ्देन, वरिष्ठ गीतकार (लन्डन) पनि रहेकी छिन् ।

प्रतिभा गीति एल्बम तयारी समितीको संयोजक र कार्यक्रम सन्चालक राज रोबट अजनबी, एल्बम तयारी समिती सङ्योजक दिलिप राई सगर, सङ्गीत संयोजक देबिन बाबू राई, प्रवक्ता राजा माबो, गायन संयोजक सलोनी लिम्बू, सदस्य नुमा राई, अन्जना राई, इक्साहाङ चेमजोङ, वरिष्ठ सल्लाहकार जानू काम्बाङ लिङ्देन, सुमन राई, सन्जय राई छुच्चा रहेका छन् । -परदेशी खबरबाट साभार

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |