क्लिनिङ कम्पनीमा काम गर्न भनेर गएका साउदी नेपाली मरुभूमीमा ऊँट चराउँदै

काठमाडौँ | क्लिनिङ कम्पनीमा काम गर्न भनी साउदी गएका ४ नेपाली कामदारलाई ऊँट चराउने काममा लगाइएको समाचार आजको प्रभाव दैनिकमा छ ।

गत साउन ४ गते बैदेशीक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई क्लिनिङ लेवरका रुपमा काम गर्न साउदी गएका उनीहरुलाई ऊँट चराउने काममा लगाइएको वैदेशीक रोजगार विभागले जनाएको छ।

सुफि इन्टरनेशनल म्यानपावर प्रालिबाट साउदी अरबस्थित इक्सी साउदी अरबी कम्पनीमा गएका हरकठ्ठा-१ सर्लाहिका सुनिल कुमार महतो सहित ४ जना कामदारलाई ऊँट चराउने काममा लगाइएपछि उनीहरुका आफ्न्तले उजुरी दर्ता गराएका विभागका सुब्बा खड्ग बहादुर केसीले जनाएका छन्।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |