झापामा मापसे गरेर कार्यालय पुगेका सचिव पक्राउ

बिर्तामोड, असोज ४ । मादक पदार्थ सेवन गरेर कार्यालय पुगेका एक सचिव झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला विकास समिति झापामा कार्यरत तारानाथ दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरेर कार्यालय आएपछि उनलाई स्थानीय विकास अधिकारी खेमराज ओझाले प्रहरीलाई बोलाएर जिम्मा लगाउनुभएको थियो ।

दिनहुँजसो कार्यालय समय भन्दा ढिलो गरी अफिस आउने,मादक पदार्थ सेवन गरेर अफिसमा हो हल्ला गर्ने र निर्धारत पोशाकमा कार्यालय नआएपछि उनलाई प्रहरीलाई बोलाएर जिम्मा लगाएको स्थानीय विकास अधिकारी ओझाले बताउनुभयो । पक्राउ परेका सचिव आज मादक पदार्थ सेवन गरेर हो हल्ला गर्दै हाफ पैन्टमा नै अफिस आएका थिए । -पुर्बेलीन्युज

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |