व्यवसायी मनोज कुमार डाँगी मृत अवस्थामा भेटिए
कोरिया | लामो समय देखि कोरियामा ब्यबसाय गर्दै आएका संखुवासभाका मनोज कुमार डाँगी मृत अवस्थामा भेटिएका छन् । राजधानी सौल स्थित काठमाण्डौ रेस्टुरेन्टका संचालक समेत रहेका डाँगी आज साँझ मृत अवस्थामा भेटिएका हुन् । साँझ ४ बजेतिर आफ्नै कोठामा उनलाई छोराले डोरीमा झुण्डिएको अवस्थामा देखेका थिए । उनको लाश अहिले सउलको एक अस्पतालमा राखिएको छ । कोरियाका संघ संस्था तथा विभिन्न नेपालीहरु अहिले अस्पताल तिर लागेको खवर प्राप्त भएको छ।
घटना के कति कारणले भएको हो भन्ने यकिन भैनसकेको र घटनाको जनकारी आउन बाकि रहेको कोरियाका कार्यबाहक राजदुत किरण शाक्यले जानकारी दिनुभयो । -रासस



