लघुकथा: खुशीको अाशु

पुष्प अार.जे | गौरीगंज, झापाको पुरानो बजार । जहाँ अवस्थित छ श्री गौरिगञ्ज प्राइमरी स्कुल। यहाँ का पुराना शिक्षक हुनुहुन्छ रमेश सर । उहाँले पढाउनु भएका बिधार्थी, अाज देशका ठुला-ठुला ठाउँमा पुगिसके। उहाको छोरा होम, जो नजिकै को मा.बि मा पढ्दैछ । स्कुलमा ठूलो भिड छ । अाज रमेश सर यस स्कुलबाट बिदा र शिक्षक पेसाबाट अवकाश हुनुहुदै छ । यो उमेरमा पनि उस्तै चुस्त अनि फुर्तिला । मञ्च सजाईएको, गन्यमान्य मान्छेहरुको बाक्लो उपस्थित छ । सरको ध्यान घरि घरि बाटो तिर गईरहन्छ ।

"नमस्कार सर" कसैले बोलाएको अावाजले झसङ्ग हुदै ।

रमेश सर-"नमस्कार "

"सर...चिन्नु भएन म दिनेश, तपाईंको बिधार्थी, अाजको यहाँको सुरक्षाको जिम्मा हाम्रो छ ।" रमेश सर चस्मा उठाउदै अनि परेला खुम्चाउदै केही चिने झै गर्दै ।

सर..."अगि बाट तपाईंलाई हेरिरहेको छु, कसैलाई कुरिरहनु भए झै लाग्यौ । गुरुअामा पनि यहि हुनुहुन्छ, के भयो र सर । के म सरलाई कुनै सहयोग गर्न सक्छु ।"

रमेश सर- "हैन हैन केही भएको छैन...त्यसै ।"

कार्यक्रम चलिरहेको थियो । अब पालो रमेश सरको:- सधैं नैतिक शिक्षा दिने, अाज पनि जिवनमा अाई पर्ने नैतिक शिक्षा दिदै हुनुहुन्थ्यो । अचानक कार्यक्रम स्थलमा पुलिसको गाडी सँगै अन्य केही गाडिहरु अाए । सबैको ध्यान उतै मोडियो । मान्छेहरु झसङ्ग भए । मन्चमा एउटा भर्खर की केटी रमेश सरलाई नमस्कार गर्द‌ै अघि बडिन् । तीनले सरको कानमा केही भनिन् र केही पेपरमा साईन गर्न लगाईन् ।

सर हास्दै फेरि बोल्न थाल्नु भयो: "उ मेरी छोरी सन्ध्या । जो जिल्ला शिक्षा अधिकारी भएकी छिन् । अाज हाम्रो स्कुल प्रा.बि बाट नि.मा.बि भएको छ । सरकारले यहाँ थप भवन बनाउन बजेट पास गरेको छ।"

सबै तिर तालिको गडगाडाहट सगै अाज रमेश सरको बिदाई हुदै थियो।

गौरादह न.पा.-१३

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |