गायिका निशा सुनारले ल्याइन हट म्युजिक भिडियो

काठमाडौं | लोक–पप गायिका एवं मोडल निशा सुनारको ‘टोल टोलमा हल्ला चल्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक नेपालबाट सार्वजनिक गरिएको म्युजिक भिडियो उनकै श्रीमान एवं चर्चित निर्देशक शंकर बिसीले निर्देशन गरेका हुन्। यो गीतमा नीशाले एक काले केटाको प्रेममा परेको कुरा गरेकी छिन् । गीतमा अर्जुन कौशलको शब्द तथा संगीत रचना छ भने निशा आफैले स्वर दिएकी छन । शंकर वीसीले निर्देशन गरेको भिडियोमा सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । ‘टोल टोलमा हल्ला चल्यो’ म्युजिक भिडियोमा निशालाई दर्शकले हट अवतारमा देख्नेछन्।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |