रहेनन् गोरेटो अनि उस्तै छ गल्लीका गायक सुनिल बर्देवा

भाद्र २९, २०७३ | "गोरेटो अनि उस्तै छ गल्ली" बोलको चर्चित गीतबाट चर्चामा आएका संगीतकार तथा गायक सुनिल बर्देवाको ४४ वर्षको उमेरमा मंगलबार साढे ८ बजे निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बर्देवाको निधन भएको गायक प्रमोद निर्वाणले जानकारी दिए ।

केही समयदेखि जण्डिसबाट पीडित गायक बर्देवाले धुम्बाराहीस्थित घरमा असहज महसुस गरेपछि आफन्तले मंगलबार साँझ शिक्षण अस्पताल पुर्‍याएका थिए । पुरानो महाराजगञ्जस्थित घर छाडेर केही समयदेखि बर्देवा धुम्बाराहीमा बसोबास गरिरहेका थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |