चीनमा विश्वकै सबैभन्दा अग्लो पक्की पुल बन्दै (भिडियोसहित)
बेइजिङ | चीनमा विश्वकै सबैभन्दा अग्लो पक्की पुल सञ्चालनमा आउने तयारीमा छन् । दक्षिण-पश्चिम चीनको पहाडमा एक नदीमाथि बन्न लागेको यो पुलको नाम बीपाङ्गजियाङ्ग राखिएको छ । यो पुल १८५४ फिट अग्लो र २३६२ फिट लामो, पुल निर्माण गर्न चीनले १५० मिलियन अमेरिकन डलर खर्च गरेको छ ।
चिनियाँ इन्जिनिन्यरहरुले यस पुलको आधारभूत पूर्वाधार तयार गरिसकेका छन् । यस पुललाई यसै वर्षको पुसको अन्त्यसम्म मा गाडी आवतजावतका लागि खोलिनेछ । गुईझोऊ प्रान्तस्थित ढुवानी विभागले एक विज्ञप्ती निकालेर यस पुललाई बीचबाट जोड्ने प्ले शनिबार जोडिएको छ । यो पुल बीपाङ्गजियाङ्ग उपत्यकामा हाङ्गझोई शहरबाट रुइली शहरलाई जोड्ने राजमार्गमा बनाइएको हो ।
चीनमा यसअघि पनि यस्ता कयौं अग्ला पुल बनिसकेका छन तर संरचनाको हिसाबले यो पुल विश्वकै अग्लो हुने छ ।
तल भिडियो हेर्नुहोस ।