धादिङको मार्पाकमा बस दुर्घटना, १४ को मृत्यु

धादिङ । धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गाविस–६ लापाङमा दुर्घटना भएको छ । धादिङका प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले बस दुर्घटना भएको पुष्टि गरे। साेही रूटमा गाडी चालउने चलक जीवन रानामगरले बस दुर्घटनामा १४ जनाकाे मृत्यु भएकाे जनाए । दश जनाकाे शव बाहिरै देखिएकाे छ,'उनले भने' गाडीले धेरै जना च्यापेकाे छ। घाइते छटपटारहेका छन्। उद्धारकालागि हेलिकप्टर अाउने कुरा छ ।

दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको धादिङका एसपी शरद खत्रीले जानकारी दिएका छन् । मृतकमध्ये पुरूष १० र महिला ४ जना रहेको उनले बताए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |