दमकमा यौनधन्दा संचालन गर्ने होटल संचालक सहित ७ जना विरुद्ध मुद्धा
दमक । यौनधन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका सिनियर होटल दमकका सञ्चालकसहित दुई पुरुष र ५ जना युवतीविरुद्ध प्रहरीले मुद्दा सार्वजनिक मुद्धा दर्ता गरेको छ । पक्राउ परेका मध्ये एक जोडी निर्दोष रहेकोले आइतबार दिउँसो आवश्यक सोधपुछ गरी छोडेको इलाका र बाँकी ७ जनालाई मुद्धा दर्ता गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी उपरिक्षक राजन लिम्बुले बताए । होटल सञ्चालक नन्दप्रसाद चौलागाईसहित ७ जनाविरुद्ध आइतबार जिल्ला अदालत झापामा सार्वजनिक मुद्दा दर्ता गरिएको हो ।
इलाका प्रहरी कार्यालय दमकले शनिबार राति सिनियर होटलबाट ६ जना युवती र सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको थियो । सो होटलमा करीब एक वर्ष अघिदेखि यौनधन्दा हुने गरेको स्थानीयको गुनासोपछि प्रहरीले होटलमा छापा मारेको थियो । सञ्चालक चौलागाईले होटलमा युवती राखेर यौनधन्दा चलाएको पाइएपछि मुद्दा दर्तापछि म्याद पक्राउ गरी थप अनुसन्धान गर्ने कार्य गरिरहेको उनले बताए ।
पूर्वको विर्तामोड र इटहरीमा यौनधन्दाप्रति प्रहरीले कडाई गर्न थालेपछि पछिल्लो समय दमकमा पेसेवर यौनकर्मीको संख्या बढेको बताइएको छ । यसअघि दमक–१३ को सपना होटलकी सञ्चालिका पद्मा कार्कीलाई पनि प्रहरीले यौनधन्दा चलाएको आरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो भनेर हिमशिखर टेलिभिजनले भनेको छ |




