जापान सरकारले विदेशी कामदारको संख्यामा वृद्धि गर्ने

जापान | जापानमा देखा परेको जनशक्तिको अभावलाई पूर्ति गर्ने प्रधानमन्त्री शिन्जो आबेले सरकारले विदेशी कामदारको संख्यामा वृद्धि गर्ने बताएका छन् ।

प्रधानमन्त्री आबेका विशेष सल्लाहकार तथा उनको लिबरल डेमोक्रेटिक पार्टीका सांसद मासाशिको शिबायामाले गत हप्ता सिंगापुको एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा जापानी सरकारको नयाँ योजनाबारे खुलासा गरेका हुन् । उनका अनुसार विदेशी कामदारको संख्या दोब्बर पार्ने विषयमा जापान सरकार अहिले आन्तरिक तयारीमा जुटेको छ ।

शिबायामाले अन्तर्वार्तामा भनेका छन्–’यो योजना अबका केही वर्षभित्रै लागू हुनेछन् । यो जापान सरकारको निश्चित लक्ष्य त होइन तर जापानको श्रम बजारमा घट्दै गएको जनशक्तिको अभाव पूरा गर्न विदेशी कामदारको संख्या दोब्बर बनाउँनुको विकल्प पनि नरहेको शिवायामाले, धेरै भन्दा धेरै विदेशी कामदारहरुलाई कसरी दीर्घकालीन रुपमा भित्र्याउँन सकिन्छ भन्नेबारेमा जापान सरकार गम्भीर छलफलमा रहेको पनि उनले बताए । आवश्यक परे नीतिमा समेत परिवर्तन हुनसक्नेतर्फ उनले औल्याएका छन् ।

अहिले १२७ मिलियन जनसंख्या रहेको जापानको जनसंख्या जति न्यून भए पनि कम्तीमा १ सय मिलियन अर्थात १० करोडभन्दा कम हुन नदिन जापान सरकार गम्भीर भएर लागेको छ । जापान सरकारको अनुमानित तथ्यांक अनुसार हाल जापानमा १९ लाख विदेशी कामदारहरु वैधानिक रुपमा कार्यरत छन् । जापान सरकारले ल्याउँन लागेको नयाँ नीति अनुसार हाल तीन वर्षका लागि दिइदै आएको भीसाको अवधि थपेर पाँच वर्ष अवधिको बनाइनेछ । साथै नयाँ नीति आएपछि कुनै पनि जापानी कम्पनीहरुले विदेशी कामदारहरुलाई चाहे जतिको संख्यामा राख्न पाउँनेछन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |