लघुकथा मन : पुष्प अार.जे
जीवनमा अाफूले गरेका खराब कामहरुबाट थाकी अाफूलाई शुद्द गर्न भनी निस्क्यो उ घरबाट ...
कहिले मन्दिर गयो । मनबाटै मलाई माफ गरिदिनुस् भन्दै घण्टी बजायो, पुकार्यो भगवानलाई । कहिले भजनमा अनि कहिले पुजामा । मानेन मन । फेरि उठ्यो उ गुम्बा गयो, घुमायो मानेहरु, बुद्धको अगाडि शान्त भै घुँडा टेकी पुकार्यो । मस्जिद गयो, अरुले झैं घुँडा टेकी रुँदै पुकार्यो अल्लाहलाई मन बाटै । प्रयश्चित् गर्दै फेरि उ उठ्यो । अनि चर्च गयो । शिर झुकाई प्रभु जिससलाई पुकार्यो । गर्यो अनेक बाचाहरु । गई रहयो उ मन शान्त पार्ने भनी अनेक ठाउँ ठाउँमा ।
शान्तिको महशुस गर्दै बार्दलीमा टोलाइदै थियो । नजिकैको होटेलमा बसेकी एउटी महिला नुहाउँदै थिइन् । ऊ एकटकले हेरि मात्र रह्यो ।
गौरादह न.पा.-१३



