प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाको नयाँ गीत सार्वजनिक
एक दशकपछि वरिष्ठ गायक प्रेमध्वज प्रधान र गायिका केन्जुमा सुब्बाको गीत ‘ती अाँखामा’ बोलको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । गायक प्रधानले अाफु बुढ्याैलीमा लागेको कुरा श्रोताहरूसँग लुकाएका छन भने गायिका सुब्बाले अाफुभन्दा पाका गायकसँग गाउन पाउँदा निकै खुसी लागेको कुरा सुनाइन् ।
यस गीतलाई सिनेकर्मी डब्बु क्षेत्रीले रचना गरेका हुन भने जुगल डंगोलले संगीत भरेका छन ।
मोहनराज आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोमा विकास लामिछाने र विनिता अोलीको अभिनय रहेको छ । अमृत सुनुवारको छायाँकन र माधव बेलवासेको सम्पादन रहेको म्युजिक भिडियो आकर्षक बनेको छ ।



