सौगात मल्लसंग नव-नायिका मिरुना मगर चलचित्र ‘लालपुर्जा’मा

काठमाडौं । आज शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माता माधव वाग्ले र निर्देशक निगम श्रेष्ठले चलचित्र ‘लालपुर्जा’ निर्माणको घोषणा गरेका छन् । असोज ९ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

माधव वाग्ले र टेकेन खड्काले निर्माण गर्न लागेको यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । जसले यसअगाडि चलचित्र ‘छड्के’ निर्देशन गरेका थिए ।

यस चलचित्रमा सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, अनिल पाण्डे, कुमार नगरकोटी, कमलमणी नेपाल, हरिहर शर्माको मुख्य भूमिका छ । ‘लालपुर्जा’बाट नव-नायिका मिरुना मगर चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन । अनुप बरालको एक्टर्स स्टुडियोमा तीन महिना अभिनय प्रशिक्षण लिईसकेकी मिरुनाले आफुलाई ‘लालपुर्जा’ का लागि विश्वास गरिएकामा प्रशन्नता व्यक्त गरिन् ।

कुमार नगरकोटी अतिथी लेखक रहेको चलचित्रमा विक्रम सिंह र निगम श्रेष्ठको कथा, सुजित बिडारीको पटकथा, नरेन्द्र मैनालीको छायांकन रहनेछ । कार्यक्रममा बोल्दै निर्देशक निगम श्रेष्ठले मितेरी गाउँका दुई मित र उनीहरुको लालपूर्जाको बिषयमा हुने लडाइ नै चलचित्रको मुख्य कथा भएको बताए ।

चलचित्र नयाँ बर्षको सुरुवातमा प्रदर्शन गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |