विर्तामोडमा सडक भत्किएपछि सवारी आवतजावत ठप्प
झापा । झापाको विर्तामोड चोकबाट ५ सय मिटर पूर्वमा लोकमार्ग भत्किएपछि सवारी आवतजावत ठप्प भएको छ ।
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत विर्तामोड ६ स्थित सुगम पेट्रोल पम्प अगाडि बसपार्क छिर्ने मुख्य सडक धसिदै कालोपत्रे सडक भत्किएको हो ।
सडक भत्किएपछि सम्पूर्ण सवारी आवत जावत बन्द भएको छ । आवत जावत नै बन्द भएपछि प्रहरीले हिमालय धर्मकाँटाबाट माता मन्दिर हुँदै नयाँ बैकल्पिक सडक सवारी सुचारु गरेको जनाएको छ । सडक मर्मत नभएसम्म बैकल्पिक सडकको व्यवस्था गर्नुपर्ने भएको छ ।



