सेनाको तालिम लिइरहेकी युवतीद्धारा आत्महत्या
नुवाकोट । सैनिक तालिम केन्द्र मैथली व्यारेकमा तालिम लिइरहेकी २० वर्षीय युवतीले शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छिन् । ओखलढुंगा जिल्ला रानीवन गाविसकी २० वर्षीय रमिला कार्कीले झुण्डिएर आत्महत्या गरेकी हुन् । रमिला बुधबार बिहान ४ बजेतिर महिला शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आत्महत्याको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ । तालिमको कठिनताको कारण कहिलेकाँही सैन्य युवतीहरु फाट्टफुट्ट तालिम छोडेर भाग्ने गरेको घटना भने यसअघि पनि हुने गरेको थियो ।



