जापानमा एक नेपाली बिधार्थीद्धारा आत्महत्या
जापानको दक्षिण पश्चिम क्षेत्रमा रहेको क्युसु फुकुओकामा भाषा अध्ययन गर्न आएकी एक नेपाली युवतीले सोमवार विहान अाफै बस्ने कोठाको बाहिर झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनि २ बर्ष पहिले अध्ययनको शिलशिलामा जापान आएको अहिले जापानीभाषा अध्यनरत रहेको जानकारी आएको छ ।
अन्दाजी २०/२२ वर्षकी युवतीले वस्दै गरेको अपार्टमेन्टको लुगा सुकाउने ठाउमा झुण्डिएको अवस्थामा प्रहरीले लास फेलापारेको फुकुओकामा अध्ययनरत एक विद्यार्थीले जानकारी दिएका छन ।
काठमाडौँ घर भएका एक नेपाली केटासंग लिभिङ टुगेदर वस्दै आएकी धादिङ घर भएकी टिना गुरुङ नाम गरेकी युवतीले आत्महत्या गरेको बताईएको छ । दुई वर्षअघि भाषा अध्ययन गर्न जापान आएकी गुरुङ लिभिङटुगेदर वस्दै आएका युवासंग केही दिनयता भएको झगडाका कारण आत्महत्या गरेको हुनसक्ने उनी निकट साथीहरुले बताएका छन ।
उनीहरू दुवै विवाहित हुन । मृतक युवतीको नेपालमा एक छोरी समेत रहेको बताईएको छ ।
आत्महत्याको कारण र अन्यथप बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ । स्रोतका अनुसार होष्टल भएपनि उनि अहिले केटा साथि संगै बस्दै आएको बताइएको छ । सो बिधालयमा अहिले करिब ६० बिधार्थी अध्ययनरत रहेका छन् ।




