लागूऔषधसहित दुई ब्याक्ती पक्राउ
गौरिगञ्ज | झापाको पाडाजुङ्गी–गौरिगञ्ज सडक खण्डको गौरादह–४ वाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।भारतीय बजारबाट नेपाल ल्याउँदै गरेको विशेष सुराकीको आधारमा खटिएको लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको सयुक्त टोलीले मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउँ पर्नेमा गौरीगञ्ज–७ बस्ने १७ बर्षीय जीवन दास हलुवाई र सोही गाविस वडाँ नम्बर ६ का १७ बर्षीय सुरज शाह भनिने सूर्य पन्जियार रहेका छन् ।उनीहरुसहित लागुऔषध ओसार प्रसारमा प्रयोग गरिएको मे २ प ५२१३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीले गौरीगञ्जबाट पाडाजुङ्गीतर्फ आइरहेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा नाईट्रोजेपाम ट्यावलेट टीपी र नाइट्रोभेट–१० ट्यावलेट १ हजार ९ सय ९ वटा गोलीहरु वरामद गरेको छ ।पक्राउँ परेका दुवैलाई लागुऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरी अदालतवाट म्याद थप गरी थप अनुसन्धान गर्ने कार्य भइरहेको दमक प्रहरीले जनाएको छ । -रासस



