यौनधन्दा गराउने होटल सञ्चालक सहित एक किशोरी पक्राउ
सुनसरी | एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी–१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार पक्राउ गरेको समाचार आजको पुर्बेली न्युजमा प्रकाशित छ ।
होटल सञ्चालक खत्रीले चार जना भारतीय नागरिकसँग प्रतिव्यक्ति पाँच हजारका दरले रु २० हजार लिई उनीहरुले नै लिएर आएको सवारीसाधनसँगै किशोरीलाई खत्री आफैँले मोटरसाइकलमा भेडेटार लैजाँदै गर्दा पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।
होटल सञ्चालक खत्रीले डर धाकधम्की र प्रलोभन देखाएर किशोरीलाई बोलाई भारतीय ती युवालाई यौन सन्तुष्टि दिलाउने योजनासहित भेडेटारको होटलसम्म पु¥याउने योजनासहित ती किशोरीलाई लगेको र प्रहरीले ती भारतीय नागरिकसहित सबैलाई फक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये होटल सञ्चालक खत्रीलाई मानव बेचबिखन तथा ओसारपसार अपराधमा कारबाही अघि बढाइएको छ । पीडित किशोरीलाई भने वैकल्पिक सीपमूलक पेसा व्यवसायमा लगाउनका लागि इच्छुक देखिएकीले उप्का नेपालको अवसर परियोजनाअन्तर्गत सीपमूलक तालिममा लगाई स्वरोजगार बनाउनका लागि जिम्मा लगाइएको प्रहरीले बताएको छ ।
भारतीय युवा चढेको भारतीय नम्बरको सवारीसाधन जाँच गर्दा हो हल्ला गरेर सडक क्षेत्रमा सार्वजनिक तनाव सिर्जना गर्ने दुष्प्रयास गरेको भन्दै उनीहरुलाई पनि सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।



