मलेसियाद्वारा एक नेपालीलाई देश निकाला
काठमाडौं । मलेसियाले आतंकवादी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ परेका एक नेपालीलाई देश निकाला गरेको छ । बुकित बिन्ताङमा होटल र मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएका एक नेपाली नागरिकलाई मलेसिया सरकारले देश फिर्ता पठाएको स्ट्रेट्स टाइम्स दैनिकमा समाचार प्रकाशित छ ।
मलेसियाको स्वतन्त्रता दिवसका क्रममा आईएस लडाकू पक्राउ गरे लगतै यो अपरेशन गरिएको समाचारमा उल्लेख छ । पक्राउ परेका नेपाली ३८ वर्षका हुन् र उनी अन्तराष्ट्रिय आतंकवादीहरुका लागि नक्कली कागजपत्र बनाइदिने काममा संलग्न रहेको आशंका गरिएको मलेसिया प्रहरीले बताएको छ ।



