पूर्व क्रिकेटर कप्तानकी गर्फफ्रेन्ड भनी चर्चामा आएकी मोडल अर्शी खान होटलबाट रंगे हात पक्राउ
मुम्बई | भारतको मुम्बईबाट वेश्यावृत्ति गरेको आरोपमा हाइ प्रोफाइलकी एक मोडल पक्राउ परेकी छिन्। पक्राउ पश्चात मोहम्वद वाडी स्थित महिला वेलफेयर सेन्टरमा पुनस्थापनाको लागि राखिएको बताइएको छ।
यी मोडल मुम्बईमा चलिरहेको एक हाई प्रोफाइल सेक्स र्याकेटमा लिप्त रहेको भारतीय मिडियाले लेखेका छन्। एक पटकको सेवाको लागि ५० हजार भारु लिने गरेको समेत खुलेको छ। भारतीय प्रहरीले कृष्णा नामको एक एजेन्ट पनि संगै पक्राउ गरेको छ।
पक्राउ परेकी यी मोडल अर्शी खान हुन। फिल्म तथा विज्ञापनमा काम गरि सकेकी यी मोडललाई प्रहरीले होटलबाट कागजात सहित पक्राउ गरेको थियो।यी त्यही मोडल हुन जसले एक समय आफुलाई पाकिसतानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रिदीको गर्लफ्रेन्ड बताउँने गर्थिन।



