दुर्घटनामा साइकलयात्री १९ वर्षीया प्रतिमा चौधरीको मृत्यु
सुनसरी | सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका–५ झुम्काबजारमा आज बिहान पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना ४ ख ७३९४ नं. को बसले ठक्करदिदा साइकलयात्री १९ वर्षीया प्रतिमा चौधरीको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१५ एकम्वा निवासी प्रतिमालाई बसले ठक्करदिदा गम्भीर रुपमा घाइते भएकी थिइन । उपचारका लागि जिल्ला अस्पताल इनरुवातिर लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



