पल शाह र अलिशा राई धरानको पुरानो बजारमा

धरान | “धरानको पुरानोबजारमा दुई बैनीलाइ देखेथे“ भन्ने पुरानो गीतको नया भर्शनको गीतको म्युजिक भिडियो विभिन्न च्यानल तथा युटयुबबाट सार्वजनिक गरिएको छ ।

युवा पुस्ताका हटकेक मोडल तथा नायक पल शाहले चर्चित मोडल अलिशा राईसंग धरानको पुरानोबजारमा भेटेपछिक दृश्यहरु धरानको पुरानोबजारमा गीतको भिडियोमा देख्न सकिन्छ । हेम सुब्बा ,निलम थापा र रोशन श्रेष्ठको समेत अभिनय रहेको गीतको छायांकन धरान–भेडेटार लगायतका ठाउँमा गरिएको छ ।

लोक गायक सुरेश गन्दर्भको शब्द तथा संगीत रहेको गीतलाई बबिन लिम्बुले गाएका छन् भने, रोशन श्रेष्ठको छायांकन र नमित चन्द ठकुरीको निर्देशन रहेको भिडियो योर स्टाइल प्रोडक्सनले तयार परेको हो ।

फेसबुकमा
भर्खरै