समाजसेवी श्री दुर्गा प्रसाद राजवंशीको निधन
गौरीगंज | संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य श्री दुर्गा राजवंशीको शुक्रवार राती, आफ्नै निजी निवासमा निधन भएको छ ।
एक महिना अघिदेखि निमोनिया रोगले थला परेका राजवंशीलाई शनिवार हिन्दु धार्मिक परम्परा अनुसार नजिकको रामचन्द्र खोलामा अन्त्येष्टि गरिएको छ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भुमिका खेलेका इमानदार, उच्च नैतिकवान एवं साधा जिवन यापन गर्ने व्यत्तित्व भएका राजवंशी वि.सं. २०२० देखि २०२२ सालसम्म कोहवारा गाविसका प्रधानपञ्च भएका थिए । नेता राजवंशी नेपाल सद्रभावना पार्टीका केन्द्रिय उपाध्यक्ष समेत भएका थिए । झापा क्षेत्र नंं. ६ बाट दुई पटक संसदीय निर्वाचनमा उम्मेदवार भइसकेका राजवंशी २०६२-६३ सालको गणतान्त्रिक आन्दोलनको नेतृत्व गरेका थिए ।
गौरीगंज बहुमुखी क्याम्पसका अध्यक्ष समेत भएका उनको अन्त्येष्टिमा समाजका आम जनमानसको उपस्थिी थियो ।
स्व. बुवा गोजो सिंह राजवंशी र आमा स्व. झोलो देवी राजवंशीको कोखबाट वि.सं. २००१ साल वैशाख १३ गते जेठो छोराको रुपमा जन्मनु भएका थियो भने उहाको धर्मपत्नी स्व.चिन्ता देवी राजवंशी हुनुहुन्थियो
उहाको दुई छोरा बुहारी कमल प्रसाद राजवंशी, जमुना राजवंशी र तुलसी राजवंशी, रेणुका राजवंशी तथा तीन छोरी ज्वाई मायादेवी र चन्द्रप्रसाद, गंगावत्ती र नारायण तथा मिलन र टेकनारायण राजवंशी छन् साथै ९ जना नाति र ३ जना नातिना छन् ।



