मान्छे मारेर भागेका प्रहरीको फन्दामा
झापा | पूर्व क्षेत्रीय अनुसन्धान समुहले कर्तव्य ज्यान मुद्दामा कैद सजाय भई फरार रहेका झापा तोपगाछी–७ का राजु दर्जी र सोही मुद्दामा पाँच वर्ष सजाय सुनाईएका तोपगाछी ७ का पदम भन्ने सुरज लिम्बुलाई पक्राउ गरेर जेल पठाएको छ ।
दर्जीलाई अनुसन्धान समुहको टोलीले बुधबार विहान दमक नगरपालिका १२ बाट पक्राउ गरेको थियो । लिम्बु सुनसरीको ईटहरी उपमहानगरपालिका ४ बाट पक्राउ परेको अनुसन्धान समुहका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनु भयो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत झापामा उपस्थित गराई तोकिएको कैद भुक्तानकालागी जिल्ला कारागार झापा पठाइएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिनुभयो ।



