अपाङगता भएकालाई शारीरिक दुव्र्यवहार गर्ने एक ब्याक्ती पक्राउ

अपाङ्गताको अधिकारका क्षेत्रमा काम गर्ने मोरङकी अपाङ्गता भएकी एक युवतीमाथि शारीरिक दुव्र्यवहार गर्ने बसका सहचालकलाई झापाबाट प्रहरीले पक्राउ गरेको छ ।

गौरीगञ्जबाट विराटनगरसम्म सञ्चालन हुने को. १ ख. ५२४२ नम्बरको चुलाचुली बसका सहचालक विनोद खनाललाई प्रहरीले पक्राउ गरेको हो । बुधबार विहान यात्रुका रुपमा रहेकी अपाङ्गता अधिकारकर्मी युवतीमाथि लखनपुरस्थित पाडाजुँगी चोकमा शारीरिक दुव्र्यवहार गरेपछि युवतीले तत्काल दमक प्रहरीलाई खवर गरेकी थिइन् । अभियुक्त खनाललाई सार्वजनिक अपराध सम्बन्धि मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ । -रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |