काभ्रेको भैसेपाटीमा टाटासुमो र टिपर ठोक्किदा दुईको मृत्यु
काभ्रे, मंसिर २६ । काभ्रेको भैंसेपाटीमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाको दमकबाट सिन्धुली हुँदै काठमाडौं गइरहेको टाटा सुमो जीपलाई आज बिहान विहानै टिपरले ठक्कर दिँदा २ जनाको ज्यान गएको हो । दुर्घटनामा परी सुमोमा रहेका अन्य ९ जना घाइते भएका छन् । काठमाडौंबाट बनेपातर्फ आइरहको बा४ख ३५५६ नम्बरको टिपरले मे१ज २१९१को टाटा सुमो जीपलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोरङको मधुमल्ला ७ बस्ने अन्दाजी २५ बर्षीय मदन श्रेष्ठ र झापा डोरामारीन ६ बस्ने ४१ बर्षका निलम कार्की रहेका छन् । घटनामा सुमो चालकसहित ९ जना घाइते भएको र उनीहरुको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घटनापछि टिपर चालक फरार रहेका छन् भने टिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । सुमोमा रहेका अधिकांश यात्रु विदेश जानका लागि काठमाडौं गइरहेको बताइएको छ । रासस



