गौरादह नगरपालिका भवनको आज शिलान्यास सम्पन्न

गौरीगन्ज | गौरादह नगरपालिका भवनको आज एक अनौपचारिक कार्यक्रमका बिच सांसद दिपक कार्की, नगर अधिकृत कृष्ण कार्की, राजनैनिक दलका प्रतिनिधिहरु, जग्गा ब्यवस्थापन समितिका पदाधिकारीहरु र जग्गा दाता हरुको संयुक्त बाहुलीबाट बैधिक मन्त्र पाठ गरि शिलान्यास सम्पन्न भएको छ । भवन निर्माणका लागि स्थानीय जग्गा दाता महानुभाव हरु सुरेन्द्र मुर्ति पन्त ,नर ब.पन्त ,मोहन मुर्ति पन्त, उद्दव पन्त, खगेन्द्र पन्त, लक्ष्मण दहाल, पुष्पराज ढकाल, किशोर दहाल, प्रेम ब.खड्का र काली ब.ताजपुरियाको परिवारबाट संयुक्त २-७-* दुई बिगाह सात कठ्ठा प्राप्त भएको समाचार गौरादहका हामी नेपालीमा प्रकाशित छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |