राष्ट्रिय फुटबल टिमलाई ७५ लाख दिने सरकारको निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय फुटबल टिमलाई कुल रु ७५ लाखबाट पुरस्कृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहनस्वरुप ७५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । नेपालले सोलिडारिटी कप जितेपछि प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३/३ लाख दिने घोषणा गरेका थिए ।
खेलकुद मन्त्रालयका अनुसार खेलाडी र मुख्य प्रशिक्षकलाई ३/३ लाख दिइनेछ भने सहायक प्रशिक्षक र फिजिओलाई केही कम छ ।



