सोमबारदेखि अनलाइनबाटै लाइसेन्स आवेदन बुझाउन पाइने

काठमाडौं | यातायात व्यवस्था कार्यालयले सोमबारदेखि अनलाइनमै फारम भर्न सकिने सुविधा सुरु गर्दैछ । सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भनेकाहरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ ।

आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर गर्दै कार्यालयले अनलाइन लाइसेन्स फारम र सवारी रजिष्ट्रेशन सिस्टमलाई तयार पारेको धेरै भएको थियो । तर, सेवा सुरु गरेको थिएन । जसका कारण लाइसेन्सका लागि फारम भर्न घन्टौं लाइनमा बस्नु परेको थियो ।

सिंहदरबारमा सफ्टवेर जडान गरी अहिले डिपार्टमेन्टमा इन्जिनियरिङ काम भइरहेको कार्यालयले जनाएको छ।

अनलाइनबाट फारम भरी सिस्टमले एसेप्ट गरेपछि आवेदकले एउटा प्रिन्ट पेपर पाउँछ। पेपरमा तोकिएको समयमा आवेदक पुनः फोटो र फिंगरप्रिन्टका लागि तोकिएको स्थानमा पुग्नेछ। प्रत्येक आवेदकलाई छुट्टाछुट्टै समय दिइने भएकाले यसबाट यातायात कार्यालयमा हुने अव्यवस्थापन हट्ने छ।

यसअघि यातायात मन्त्री रमेश लेखकले कार्यालय पुगी लाइसेन्स आवेदन प्रक्रियालाई सहज र सरल बनाउन निर्देशन दिएका थिए। सो निर्देशन अनुसार अनलाइन प्रणालीको विकास गरिएको हो।

यसबाट बिचौलियालाई दिनुपर्ने कमिसन हट्ने र विवरणहरु गल्ती हुने समस्या पनि हट्नेछ। हाल दैनिक सयौं संख्यामा मध्यरातदेखि लाइसेन्सको आवेदन बुझाउन एकान्तकुना कार्यालयमा भीड लाग्ने गरेको छ।

कसरी भर्ने फारम ?

विभागको यातायात व्यवस्था विभागको अफिसियल (डब्लुडब्लुडब्लु डट डिओटिएम डट जीओभी डट एनपी) वेबसाइटमा यो सेवाका लिंक उपलब्ध छ ।

होम पेजमै ‘अनलाइन सवारी चालक अनुमतिपत्र’ भन्ने लिंक मेनु छ । अागामी सोमबारदेखि यो लिंक क्लीक गरेर फरम भर्न सकिनेछ । यो सफ्वेयरलाई सञ्चालनमा ल्याउन अहिले प्राविधिकरु खटिएका छन् । आइतबारसम्म यो लिंक ‘अन्डर कन्सट्रक्सन’ कै अवस्थमा रहनेछ ।

सोमबारदेखि लाइसेन्सका लागि दिइने आवेदन फारम यसै मेनुभित्र हुनेछ । त्यसमा क्लीक गरेर फारम भर्न सकिनेछ । फरममा आवदेनकर्ताले ब्यक्तिगत विवरण भर्नुपर्छ । आफ्ना अफिसियल डकुमेन्टसँग मिल्ने गरी फारम भरेर अनलाइनमा दर्ता गर्नुपर्छ ।

सिस्टमले नै दिन तोक्ने

यसरी अनलाइन फारम भरेपछि सिस्टमले नै दर्ता गर्नेछ । र, विभागको कार्यालयमा कुन दिन उपस्थित हुने भनेर सूचना दिनेछ । सिस्टमले भनेको दिन आफ्ना नागरिकता र अन्य कागजातसहित विभागमा गएर पेश गर्नुपर्छ ।

त्यसपछि लाइसेन्सका लागि आवश्यक फोटो खिच्नुपर्छ र आफ्नो औंठाछापसहितको बायोमेट्रिक दिनुपर्छ । आवश्यक शुल्क पनि विभागमै तिनुपर्छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |