तराईमा बढ्दो चिसोका कारण दैनिक जनजीवन प्रभावित
कुमार राई, गौरीगन्ज | तराईमा बढ्दो चिसोका कारण दैनिक जनजीवन प्रभावित भएको छ साथै कठ्यांग्रिदो जाडो हुन थालेपछि चिसोका कारण सामुदायिक विद्यालयहरु बन्द गरिएका छन् भने बाक्लो कुहिरोको कारण सवारी साधन चलाउन समस्या भएकोले यात्रुहरुको संख्या घटेको बस व्यवसायी बताउँछन । जाडोका कारण वृद्धवृद्धा र बालबालिकामा सबैभन्दा बढी जोखिम हुने गर्द छ ।
तराईमा हवाइ सेवा समेत प्रभावित भएको छ। विमान अवतरणका लागि आवश्यक प्रकाश नपुग्दा हवाइ उडानहरु रद्द हुन थालेका छन्।
तराइमा चिसो बढेपछि गृहमन्त्रालयले जिल्ला दैवी प्रकोप उद्धार समितिहरुलाई सुरक्षाका उपायहरु अवलम्बन गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी भन्छन्, “नागरिकहरु पनि विशेष सचेत हुनुपर्ने अवस्था छ, किनभने यो हरेक वर्ष प्राकृतिक विपदका रुपमा देखापरिरहेको छ, तर यसबाट बच्न सकिन्छ र बच्ने उपाय अवलम्बन गर्न हामीले अनुरोध गरेका छौँ, जिल्ला दैवी प्रकोप उद्दार समिति परिचालित पनि भइसकेको छ।”



