किरातहरुको महान चाड चासोक तङनामको अवसरमा मोडेल रन्जिता लिम्बुको कोशेली
कुमार राई, गौरीगन्ज | लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा रहेको कर्णप्रिय गीत "न त तिम्रो" म्युजिक भिडियो किरातहरुको महान चाड चासोक तङनामको अवसर पारेर मोडेल रन्जिता लिम्बुले आज आफ्नो यु टुब च्यानल मार्फत सार्बजनिक गरेकी छिन ।
यस गीतमा यम बि गुरुङ्गको शब्द कोरेका छन अनि महेश खडकाले संगीत भरेका छन भने सुदिप सागरले ब्यवस्थापन गरेका छन ।
भिडियोमा रन्जिता लिम्बु र पुष्पल खडकाले उत्कृष्ट अभिनय गरेका छन, भने म्युजिक भिडियो पहिलो पटक नेपालको रमणिय स्थल चन्द्रगिरी हिलमा छायन्कन गरिएको छ । गीतको सुरु देखी अन्त्य सम्म चन्द्रगिरी हिलको मनमोहक दृश्यले लोभ्याइ रहन्छ ।
यस गीत दिनेश डि सि ले निर्देशन गरेको म्युजिक भिडीयो निकै आकर्षक बनेको छ । रोमान्टीक शैलीमा तयार पारिएको भिडीयोलाई अमृत सुनुवारले छायांकन गरेका छन भने नहकुल खडकाले सम्पादन रहेको छ ।



