अाभा मुकारुङकाे साकेला गीतमा एलिसाकाे अभिनय (भिडियाेसहित)

कुमार राई, गौरीगन्ज | गायिका आभा मुकारुङले उभौलीको अवसर पारेर नयाँ साकेला गीत सार्वजनिक गरेकी छिन् ।

गायिका आभाले राजकुमार राईको शब्दलाई, आफ्नै सङ्गीतमा गायक श्याम साम्सोहाङसँग गाएकी छिन भने सरला राई, कला राई, मेनुका राई, शिवसंगम राई र कुशल राईले साथ दिएका छन अनि सङ्गीत संयोजन पविधान खालिङको रहेको छ ।

यस गीतको म्युजिक भिडियोलाई रोशन राईले निर्देशन गरेका हुन भने मोडेल एलिसा राई र प्रविन राईले प्रमुख अभिनयमा देखा परेका छन अनि रेवत राई, जानुका राई, अाशा कुलुङ, पदम थुलुङ, विनोद राई, नम्रता राई लगायतका कलाकारहरुले साकेला नृत्यमा साथ दिएका छ ।

गीतकाे निर्माण अादिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानकाे सहयाेगमा चाेमाेलुङ्मा युनेस्काे सेन्टरले गरेकाे हाे ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |