महापुराणबाट एक करोड बढिको सहयोग

गौरिगंज | झापाको गौरिगंज बजारमा जारि श्रीमद देवी भागवत महापुराण धनधान्याचल नवाह महायज्ञको शुक्रबार समापन गरिएको छ । गौरिगंज स्थित नवदुर्गा मन्दिरको पुर्ननिर्माण सहयोग जुटाउने उदेश्यले आयोजना गरिएको महायज्ञ आयोजक मुल समितिका संयोजक विश्वराज रिजालले जानकारी दिनुभयो । ९ दिन सम्म संचालन गरिएको उक्त महायज्ञबाट नगद २४ लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त हुनुका साथै करिब ६० लाख मुल्य बरावरको ५४ कठा जग्गा मन्दिर निर्माणका लागि आवश्यक भौतिक सामाग्रीहरु समेत गरि भक्तजनहरुबाट १ करोड बढि सहयोग सहयोग प्राप्त भएको महायज्ञ प्रचार समिति संयोजक निरज अग्रवालले जानकारी दिनुभयो । गएको मंसिर २३ गतेबाट शुरु भएको महायज्ञको मुख्य कथाबाचन पंण्डित आशुतोष खनालले गर्नुभएको थियो । विक्रम संम्बत १९९० सालमा निर्माण भएको उक्त मन्दिरको भवन जिर्णहुदैगएपछि पुननिर्माणकालागि महापुराणको आयोजना गरिएको थियो ।

महापुराणको मंसिर २३ गते नेपाली कांग्रेसका नेता कृण्ण प्रसाद सिटौलाले उद्धघाटन गर्नुभएको थियोे ।

-रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |