सुनसरीको भरौलमा स्थानीयबासी द्वारा बाटो पुननिर्माण

सुनसरीको भरौल गाबिसमा वडा नम्बर ५ भलुवाचौरीमा पर्ने भलुवाचौरि देखि धरान जोड्ने बाटो मर्मत तथा कुलेसो निर्माण गर्न स्थानीयबासिहरु एकजुट भएका छ्न ।

यस क्षेत्रमा लामो समयदेखी जनताको नाममा राजनितिक गर्ने दलहरुलाइ अत्यन्तै ठुलो चुनौती दिदै बाटो मर्मत गर्न थाले पछि गाउका नेताहरुले गाउँको बिकास तिर चासो नदेखिएकोले गर्दा स्थानीयहरु आक्रोशित हुदै बाटो मर्मतमा लागेका हुन । सुनसरी जिल्लाको भरौल गाबिस मध्ये एक प्राकृतिक रुपले पनि आफैमा चिनिएको गा.बि. स. भएता पनी, यहाँ भएका स्रोत साधनको सहि ठाँउमा सदुपयोग हुन नसक्दा हिजोका दिनमा धेरै ब्यापारीहरुले दुख भोक्नु परेको थियो ।

भलुवाचौरी - धरान जोड्ने जंगलको बाटो सडकमा हिड्ने धेरै ब्यक्तीहरुले ज्यान र आफ्नो सम्पत्ति गुमाउनु पर्ने त्राशको अबस्था थियो । त्यो त्राश आजपनी जिवितै छ, त्यसको बाबजुद केहि दिनदेखी उक्त बाटो सुधार गर्ने र यहाँका मानिसको धरान सम्मको यात्रा सहज बनाउने उदेश्यले थालनी गरिएका छ्न । बाटो मर्मत र निर्माणकार्य जारी रहेपनी धरान सम्म पुर्याउनका लागी अनुमानित अझै १० दिन जति लाग्ने भएका कारण विशेष गरि यस ठाँउका राजनीतिक दल, ब्यबसायी, बुद्धिजीवी, समाजसेबी, युवाबर्ग सम्पुर्ण माहानुभावहरुले उक्त निर्माण कार्यलाइ सफल बनाइ दिनुहुन आफुले सक्ने सहयोग गरिदिनु हुनको लागी बिनम्र अनुरोध गरिएको छ । रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |