गेउरियामा मोटरसाइकल दुर्घटना, चार घाइते

गौरीगन्ज | पाडाजुङगी-गौरीगंज सडकमार्गको लखनपुर सडकखण्डमा बुधबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा चारजना घाइते भएका छन ।

उतरबाट दक्षिणतर्फ जादै गरेको को १६ प १६०६ र बिपरित दिशाबाट आउदै गरेको को ५ प ६६४९ नम्बरको मोटरसाइकल लखनपुर-४ गेउरियामा अपरान्ह २.३० बजे एकआपसमा दुई वटा मोटरसाइकल जुध्दा त्यसमा सवार चार जना घाइते भएका हुन् । दुर्घटनामा दुबै मोटरसाइकलमा सवार दमक नगरपालिका १ बस्ने २० वर्षका अंकित भण्डारी, सोही ठाउँका २३ वर्षिय अंकित गौतम, गौरादह २ का २४ वर्षिय पदम खड्का र दमक नगरपालिका १ का १८ वर्षिय सन्तोष लिम्बु घाइते भएका छन् ।

घाइते चारै जनालाई उपचारकालागी दमकस्थित लाईफलाईन अस्पताल पुर्‍याइएको छ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |