झापामा दलित र मुस्लिम समुदायलाई आवास

गौरीगन्ज | झापामा जनता आवास कार्यक्रम अन्र्तगत पहिलो चरणमा मुश्लिम र दलित परिवारलाई बनाइने भएको छ ।

यस कार्यक्रम अन्तर्गत झापा जिल्ला संमन्बय समितिको बैठकले बिभिन्न ७ वटा केन्द्रहरु तोकेर एकघर निर्माणका लागि २ लाख २६ हजार बिनियोजन गर्ने निर्णय गरेको समितिका सदस्य तथा सासद दीपक कार्कीले जानकारी दिनु भयो ।

दलित र मुस्लिम समुदायको लागि झापामा प्रत्येक निर्वाचन क्षेत्रमा एक नगरपालिका र एक गाबिस छनौट भएको छ । झापाको क्षेत्र नंं. १ मा मेचीनगर र बाहुनडागी गाबिस, क्षेत्र नंं.२ मा बिर्तामोड नगरपालिका र गरामनी गाबिस, क्षेत्र नं.३ मा भद्रपुर नगरपालिका र केचना गाबिस, क्षेत्र नं.५ मा शिबसताक्षी नगरपालिका र चकचकी गाबिस, क्षेत्र नंं. ४ मा कनकाइ नगरपालिका र खुदुनाबारी गाबिस, क्षेत्र नंं. ६ मा गौरादह नगरपालिका र खजुरगाछी गाबिस, क्षेत्र नं. ७ मा दमक नगरपालिका र तोपगाछी गाबिस छनौट भएका छन । पाच सय घर निर्माण गर्न तोकिएको मापदण्ड अनुसार रकम बिनियोजन भएको बताईएको छ ।

झापा जिल्लामा, यस कार्यक्रम अन्र्तगत पहिलो चरणमा घर निर्माणका लागि तीन करोड रुपैया बजेट आएको जनाईएको छ । शहरी बिकास तथा भवन निर्माण बिभागको रेखदेखमा काम अघि बढ्ने जनता आवास कार्यक्रम झापाका प्रमुख इन्जिनियर कुमार घिमिरेले जानकारी गराउनु भयो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |