झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित गीत (भिडियो सहित)

गौरीगन्ज | मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल” नामक आत्मकथात्मक कृतिमा आधारित भएर नेपाली कथानक चलचित्र निर्माण थालेको छ । यस कृतिका लागि झमक घिमिरेलाई २०६७ सालको मदन पुरस्कार प्रदान गरिएको थियो । सन् १९८० मा कचिडे, धनकुटामा जन्मनु भएकी झमक घिमिरेलाई प्रतिभावान नेपाली महिला श्रष्ठाका रुपमा लिइन्छ । प्रति मस्तिष्क रोगबाट पीडित घिमिरेको जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिड्न, बोल्न नसक्ने अवस्था छ ।

यस चलचित्रलाई विष्ट व्रदर्स फिल्म्स प्रालि र क्लासिक सिने युनिभर्स प्रालिको सयुक्त लागानीमा निर्माण गर्दैछ्न । चलचित्र निर्माण चलचित्र छायाङ्कनका लागि घिमिरेको बाल्यकालमा हुर्केको घर जस्तै देखिने गरी बोराबाट घर निर्माण गरिएको छ । साहित्यकार ‘झमक घिमिरे’को कृति ‘जीवन काँडा कि फूल’ मा आधारीत चलचित्र ‘जीवन काँडा कि फूल’को गीत यूट्यूब मार्फत सार्वजनिक गरिएको छ ।

यस गीतालाई गायिका जुनु गौतमले स्वर दिनु भएको छ भने शब्द र संगीत प्रकाश सिवाकोटीको रहेको छ ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |