लोडसेडिङ मुक्त गर्न कुलमानको दोस्रो फर्मूला एलइडी बल्ब
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउने अभियानलाई सफल बनाउन एलइडी बल्बलाई विशेषरुपमा प्रवर्द्धन गर्ने भएको छ । प्राधिकरणले एलइडी लाइट आफैं खरिद गरेर उपभोक्तालाई वितरण गरेर एलइडी बल्बको शुल्क बिजुलीको बिलमै समावेश गर्ने योजना छ ।
उभोक्तालाई साधारण सीएफएलभन्दा कम बिजुली खपत गरेर उच्चस्तरको प्रकाश दिने एलइडीको प्रयोगमा प्रोत्साहित गर्न लागेको हो । प्राधिकरणबाट किन्दा उपभोक्ताहरु ठगिनु नपर्ने र सुपथ मूल्यमा बल्ब पाइने छ ।
एलइडी लाइटको प्रयोगले बिजुली कम खपत हुने र त्यसले बिजुलीको लोड व्यवस्थापनमा सहयोग पुग्ने छ । यो लाइटले उपभोक्ताको मासिक बिजुली खर्च पनि कम हुन्छ, राज्यलाई पनि यसले निकै फाइदा पुग्ने छ भने,’अब एलइडी लाइट बाल्न उपभोक्ताले कञ्जुस्याँई गर्नुहुँदैन । यसका लागि आवश्यक सहयोग प्राधिकरणले गर्छ ।
के हो एलइडी बल्ब ?
एलइडी बल्बको मुख्य विषेशता भनेकै कम बिजुली खपत गरेर पनि गतिलो प्रकाश दिनु हो । यसले ४ गुणासम्म बजिुली बचत गर्छ । १५ वाटको सिएफएलले दिने बराबरको प्रकाश ५ वाटको एलइडीले दिन्छ ।
बजारमा विभिन्न ब्राण्डेड र साधारण गरी दुई प्रकारका एलइडी बल्ब किन्न पाइन्छ । ब्राण्डेड बल्बमा १ वर्षको ग्यारेन्टी पाइन्छ भने साधारण बल्बमा ग्यारेन्टी हुँदैन ।
फाइबरले बन्ने एलइडी बल्ब साधारण रुपमा झर्दा पनि फुट्दैन । बजारमा ३ देखि ५० वाटसम्मका एलइडी बल्ब बजारमा सहज रुपमा उपलब्ध छन् । मूल्य पनि सीएफएल बल्बभभन्दा धेरै महंगो पर्दैन । सीएफएल भन्दा एलइडी बल्ब बढी टिकाउ पनि हुन्छ ।



