गौरादहबाट लागु औषधी सहित तीन युवा पक्राऊ

गौरीगंज | इलाका प्रहरी कार्यालय गौरादहको टोलीले शुक्रबार साँझ गौरादह नगरपालिकाको डिपु चौकमा चेक जाँचका क्रममा लागु औषधी र गाँजा सहित गौरादह–६ बस्ने वर्ष १९ का अशोक थापा र सुरेश दनुवारका साथै मोरङको कोशी हरैँचा–१ बस्ने वर्ष १६ का दिपेश दनुवारलाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ड्रामाडोल क्याप्सुल, इस्पास्मो ट्यावलेट, कोडिक ट्यावलेटका साथै गाँजा बरामत समेत गरेको र अनुसन्धानका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय दमक पठाइएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |