मोडेल नुमा राईको “आखिर तिम्रो स्वार्थ पुर्ती” बोलको गीत सार्बजानिक

कुमार राई, गौरीगंज | कुवेतमा रोजगारीको शिलशिलामा संघर्षरत गायिका तथा मोडेल नुमा राईद्वारा अभिनित पाँचौ म्युजिक भिडियो “आखिर तिम्रो स्वार्थ पुर्ती” बोलको गीत संगस नेपालको युटुब च्यानलले सार्बजानिक गरेको छ ।

सुनौलो प्रतिभा पुर्वी युवा क्लबको पहिलो प्रस्तुतिमा रहेको यस गीतका रचनाकार बि.बि.थुलुङ हुन् भने जनम थुलुङले स्वर तथा संगीत दिएका छ । यस गीतको म्युजिक भिडियो कुवेतको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ भने अभिनयमा मोडेल नुमा राईलाई राजबाबू थुलुङ र बिकास मगरले साथ दिएका छन ।

राज लिम्बू थेगीमले निर्देशन गरेको यस भिडियोलाई राजबाबू थुलुङले निर्माण गरेका हुन् भने छायांकन प्रेम जिमीको रहेको छ ।

मोडेल नुमा राईले यो म्युजिक भिडियो यस अघिका म्युजिक भिडियो भन्दा पृथक र नयाँ ढंगको रहेकोले दर्शक र श्रोताको मन जित्नेमा आफू ढुक्क रहेको बताइन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |