मुसहर बस्ती बनाउन ‘धुर्मुस–सुन्तली फाउन्डेशन’लाई ४० लाख सहयोग

गौरीगन्ज | तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा गरेको ‘धुर्मुस सुन्तली’ फाउण्डेशनलाई कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लिनिक कम्पनीको तर्फबाट एकिकृत नमुना मुसहर बस्ती निर्माणको लागी ४० लाख रुपैयाँ ‘धुर्मुस सुन्तली’लाई सहयोग रकम हस्तान्तरण गरेका छन ।

'धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन,’ कोइरालाको भनाई उदृत् गर्दै फाउण्डेशनले भनेको छ, ‘त्यसैले तेस्रो नमुना बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ।’ उनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैयाँ नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए।

आफूले सहयोग गर्न चाहेको व्यक्तिले राहत महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफूले सकेको सहयोग गरेको कोइरालाको भनाई रहेको फाउण्डेशनले जनाएको छ। काम गरेर देखाउनेलाई सहयोग गरे एउटा एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भन्दै उनले सकेको सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।

मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । ‘हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन्, त्यसैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्न सबैलाई आग्रह गर्छु ।’

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |