घाटी रेटेर विभत्स हत्या गरेको अभियोगमा चारजना पक्राउ
गौरीगन्ज | धरानमा शनिबार बिहानै एक युवाको घाटी रेटेर विभत्स हत्या गरेको अभियोगमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई अनुसन्धानसमेत थालिसकेको छ ।
विकु उपनामका व्यक्तिको हत्या भएको हो तर, उनको पूरा नाम अझै आइनसकेको प्रहरीले बताएको छ । हत्या शनिबार बिहानको राति ३ र ४ बजेको आसपास भएको प्रहरीले दाबी यस अघि नै गरेको थियो । घटनास्थल धरान–१५ को चुम्लुङहिम परिषरको पूर्वपट्टी हो । घटना के कसरी घट्यो भन्ने यकिन हुन नसके पनि उक्त युवा लागूऔषधको कुलतमा फसेको र छेउछाउमा डेन्ड्राइटसमेत रहेकाले लागूऔषध प्रयोगकर्ता हुन सक्ने डिएसपी खतिवडाले बताए ।
हत्यारा समूहका चारै जना युवालाई घटना भएको करिव ६ घण्टापछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् । घटनामा अनुसन्धान भइरहेकाले नाम खुलाउन नमिल्ने प्रहरीले बताएको छ । शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।



