नायिका सुस्मा अधिकारीको ‘मस्त जवानी’ (भिडियोसहित)

गौरीगंज । नायिका तथा मोडल सुस्मा अधिकारी, गायिका लक्ष्मी आचार्यको म्यूजिक भिडियोमा ‘मेरो मस्त जवानी..’ भन्दै देखिएकी छन् ।

युट्युवमार्फत सार्वजनिक भएको म्यूजिक भिडियोमा मोडल सुस्मा निकै हट र सेक्सी रुपमा प्रस्तुत भएकी छन् । म्यूजिक भिडियोमा सुस्मासँगै सन्दीप, विज्ञान लगायतको अभिनय रहेको छ ।

चलचित्रको आइट गीतमा झै तामझामका साथ बनाइएको म्यूजिक भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा सन्तोष राजबाहको कोरियोग्राफी, अम्रित सुनुवारको छायाँकन र निशान्त घिमिरेको सम्पादन रहेको छ । गीतमा शब्द सुभाष गौतम र संगीत अनुप रेग्मीको रहेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |